शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कारण स्थगित भयो ‘म यस्तो गीत गाउँछु २’ को कार्यक्रम

बिहीबार, २२ फागुन २०७६, १२ : ३२
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको प्रभाव विभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्व निर्धारित बिभिन्न कार्यक्रमहरु भटाभट स्थगित हुन थालेका छन् ।

यस्तैमा आज बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम समेत रोकिएको छ । बिषेश कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम स्थगित गरेको हो ।

यही फागुन ३० गतेबाट सार्वजनिक  प्रदर्शनमा आउन लागेको फिल्मले आज फिल्मको बिभिन्न बिषयबस्तु लगायत जानकारी गराउने उदेश्य सहित दरबारमार्गको राइजिङ महलस्थित क्युज चलचित्र भवनमा कार्यक्रम राखेको थियो । तर अन्तिम समयमा आएर निर्माण युनिटले कार्यक्रम रोकिएको जानकारी दिएको छ ।

कोरोनाको त्रासका कारण केही समय फिल्म हलमा दर्शक नदेखिने देखिएपछि फिल्म प्रदर्शन गर्ने नगर्ने बिषयमा बितरक लगायत पक्षसँग छलफल गर्न कार्यक्रम रोकिएको बुझिएको छ ।

‘म यस्तो गीत गाउछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप