मन्त्रिपरिषद्को निर्णयप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको गम्भीर ध्यानार्कषण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएकोमा गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै संघले मन्त्रिपरिषदको उक्त निर्णयबाट क्याम्पस तथा विभागहरुलाई सम्बन्धन दिने तथा कार्यक्रम निर्धारण गर्ने/गराउने विश्वविद्यालयको अधिकारमाथि प्रहार भएको र विश्वविद्यालयहरुप्रतिको स्वायत्तताको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई समेत ख्याल नगरिएको उल्लेख गरेको छ ।
गत फागुन १२ गते नेपाल सरकार मन्त्रिपरिषद््ले भक्तपुरको ख्वप कलेज अफ इन्जिनियरिङलाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिएको थियो ।
संघले विभिन्न समयमा नेपाल सरकारले क्याम्पस तथा विभागहरुलाई सम्बन्धन दिने तथा कार्यक्रम निर्धारण गर्ने गराउने गर्दा विश्वविद्यालयको अधिकारमाथि प्रहार भएको आरोप लगाएको छ ।
उक्त कार्यक्रमहरु स्वीकृति दिन विश्वविद्यालयको विज्ञ टोलीबाट सम्बन्धित क्याम्पसको अध्ययन गराई उक्त टोलीको सिफारिसका आधारमा स्वीकृत दिने अन्तिम अधिकार त्रिविमा रहेको बताउँदै संघले उक्त व्यवस्थालाई बेवास्ता गरिएको प्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला