टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते
बिहीबार, २२ फागुन २०७६, १० : ०६
बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।
बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते उहाँको मृत्यु थियो ।
सोही दुर्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते हुनु भएको र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोन गर्ने बहानामा मोबाइल मागेर फरार, मोबाइल बैंकिङ चलाएर रकम चोरी
-
जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीबारे पनि प्रहरीले थाल्यो अनुसन्धान
-
मधेस प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
-
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
सिंहदरबारमा प्रचण्ड–ओली छलफल
-
नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)