मौसम पूर्वानुमानः यी स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशभरी पश्चिमी र स्थानीय वायुको प्रभाव रहनेछ ।
साथै, हाल देशको पहाडी क्षेत्रमा बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ । भने मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिमी भूभागका केही क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।
यता, मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
राति, देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी र मध्यका केही क्षेत्र र पूर्वी पहाडका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता