बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाडी आयात २० प्रतिशत घट्यो

बिहीबार, २२ फागुन २०७६, ०७ : ०१
बिहीबार, २२ फागुन २०७६

कसिलो मौद्रिक नीतिको कारण सवारी साधनको बिक्री घटेको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा साढे चार अर्ब रुपैयाँ कमका सवारी साधन आयात भएका छन् । 

भन्सार विभागका अनुसार यो वर्षको माघसम्म ५२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् । 

पोहोर सोही अवधिमा ५६ अर्ब ९८ करोड ११ लाख रुपैयाँका सवारी आयात भएको थियो । यो तथ्याकं हेर्दा पोहोरको तुलनामा चार अर्ब ६३ करोड ३६ लाख रुपैयाँको सवारी साधन कम आयात भएको देखिन्छ ।

विगतमा खरिद गरेका सवारी साधनको मर्मत गर्न पार्टपुर्जा प्रर्याप्त आयात भए पनि सवारी साधनको आयात स्वाट्टै घटेको छ । अन्यको तुलनामा विद्युतीय सवारीको आयात भने बढेको छ ।

अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार सवारी खरिद गर्दा तिर्नुपर्ने डाउन पेमेन्टको सिमा ६५ बाट घटाएर ५० प्रतिशत र कर चुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि सवारी किन्नेको संख्या घटेको कछ । सवारी आयात २० प्रतिशत र सवारी बिक्री ५० प्रतिशत घटेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप