काठमाडौंमा होली नखेल्न सर्वसाधारणलाई आह्वान
बुधबार, २१ फागुन २०७६, २३ : २०

काठमाडौँ- कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको रिपोर्ट सार्वजनिक गरेको २ दिनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो आह्वान गरेको हो ।
जिल्ला प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि
-
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने
-
सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषध बरामद
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको समीक्षा