नेविसंघको गल्तीमा काँग्रेस प्रवक्ताले माफी मागे
काठमाडौं । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले हेटौडामा पार्टी निकट नेविसंघका कार्यकर्ताले गरेको गल्तीप्रति माफी मागेका छन् । नेविसंघका केही कार्यकर्ताले बुधबार साँझ अस्पतालमा भर्ना रहेका केपी ओलीविरुद्ध तल्लोस्तरमा नाराबाजी गरेका थिए ।
यस्तै प्रवक्ता शर्माले झापामा नेविसंघका कार्यकर्ताले भने संस्कार देखाएकोमा धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हेटौडामा गलत प्रवृत्ति, झापा गौरादहमा प्रशंसनीय संस्कृति र म क्षमा चाहन्छु केही विद्यार्थीले हेटौडामा गरेको कृत्यप्रति, अनि बधाइ दिन्छु गौरादहलाई !’
उनले आलोचना सुसंस्कृत भाषामा हुने भन्दै समयको संवेदनशीलताप्रति गम्भीर बन्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री सबैकाे भएकाे भन्दै उनले यो घडीमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न पनि कार्यकर्तालाई अनुरोध गरेका छन् । यस्तै शर्माले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
हेटौंडामा गलत प्रवृत्ति झापा गौरादहमा प्रशंसनीय संस्कृति l म क्षमा चाहन्छु केही विद्यार्थीले हेटौंडामा प्रस्तुत गरेको कृत्यप्रती अनि बधाई दिन्छु गौरादहलाई !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 4, 2020
आलोचना गरौं तर सुसंस्कृत भाषामा l समयको शंवेदनशिलताप्रती गम्भीर बनौं l प्रधानमन्त्री सबैका हुन् ,स्वास्थलाभ कामना गरौं l pic.twitter.com/kRZwLuZZNr
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित
-
सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
खैरो हेरोइन कारोबारीसहित दुई जना पक्राउ
-
आईपीएलमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने धोनीपछि दोस्रो खेलाडी बन्दै छन् रोहित शर्मा
-
विद्यालयमा नमाज पढ्न पाउने माग बेलायती उच्च अदालतद्वारा अस्वीकार