अनेरास्ववियूले सुखानी पुगेर सुखानी दिवस मनायो

विर्तामोड । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले झापाको सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ।
वि.स.२०२९ साल फागुन २१ गते झापाको चन्द्रगडीवाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा विद्रोहका पांचजना योद्धाहरुलाई हत्या गरिएको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाउने गरिन्छ ।
बुधबार विहान ५ सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर सहिदहरुलाई सम्मान तथा माल्यार्पण गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।
श्रद्धाञ्जली कार्यक्रममा अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत र नेतृ सुनिता वरालले सुखानीका सहिदहरुको योगदानको स्मरण गरेका थिए।
सुखानीमा आज निर्धारण गरिएको नेकपाको श्रद्धाञ्जली तथा जनसभा विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएपछि अनेरास्ववियूले सुखानी पुगेर श्रद्धाञ्जली अर्पण गरिएको बस्नेतले बताए।
कार्यक्रममा तत्कालीन झापा विद्रोहका नेता समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा