शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मारुनी चलचित्रले बेलायातवासी नेपालीको मन जित्यो

बुधबार, २१ फागुन २०७६, १८ : ४५
बुधबार, २१ फागुन २०७६

लन्डन । मारुनी चलचित्र प्रदर्शनको शिलसिलामा बेलायत आएका नायिका साम्राज्ञी राज्यलक्ष्मी र निर्माता पुनम क्षेत्री गौतम बेलायतवासी नेपालीहरुको माया, साथ र सहयोगबाट दङ्ग परेका छन् । 

स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्का तथा चितवन एड ट्रष्ट यूकेद्वारा चलचित्र प्रदर्शनीको संयोजन गरिएको थियो ।

बेलायतको अल्डरसट र वुल्वीचमा प्रदर्शन गरिएका दुई शोमा उत्साहजनक सहभागीता रहेको बताउँदै पुनमले सबैलाई धन्यबाद पनि दिएकी छन् । चलचित्रको विषयबस्तुलाई दर्शकहरुले मजासँग रुचाएको पनि उनले बताइन् ।

 मारुनीले समसामयिक विषयबस्तुलाई समेटेको र हाल नेपाली समाजमा चलेको बहसको सामाजिक र मानसिक पाटोलाई उजागर गरेको डा. मीन रानाभाटको धारणा छ । ठेट नेपाली भाषाको प्रयोग गरिएकोले  नेपाली भाषा, कला तथा साहित्यलाई संरक्षण गर्न चलचित्र सफल रहको रानाभाटले बताएका छन् ।

नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीले स्वदेशमा पनि  राम्रै प्रशंसा बटुलेको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । तेस्रो लिंगीको कथावस्तुमा आधारित उक्त चलचित्र फरक शैलिको भएकाले पनि दर्शकहरुको मन तान्न सफल भएको हो ।

 चलचित्र मारुनीको कथावस्तु  मन परेकै कारण आफूले मारुनीमा अभिनय गरेको बताउने सम्राज्ञी चलचित्रबाट पूर्ण रुपमा सन्तुष्ट रहेको बताउछिन । तेस्रो पटक बेलायत आइपुगेकी सम्राज्ञी प्राय व्यस्त हुने भएपनि यसपटकको भ्रमणमा भने निकै रमाइलो गरेको बताउँछिन् । चलचित्र प्रदर्शंपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी तथा निर्माता पुनम अहिले नेपाल फर्किसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप