राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले
बुधबार, २१ फागुन २०७६, १७ : ३३
काठमाडौं । पुन: अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा पुगेर पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
सरकारले राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल सकिएपनि उनलाई पुनः अर्थमन्त्री बनाएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाइने प्रावधान छ ।
खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका थिए । यसैबीच खतिवडालाई सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ