शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

बुधबार, २१ फागुन २०७६, १७ : ०७
बुधबार, २१ फागुन २०७६

काठमाडौं । डोल्पा, रुपन्देही, बारा, सुर्खेत र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ स्थित सडकबाट भे.१ च २४४६ नम्बरको जिप करिब २ सय मिटर तल भेरी नदिको किनारमा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप चालक ठुलीभेरी नगरपालिका-५ बस्ने २३ वर्षीय पंचे बहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी रुपन्देही, सिद्धार्थनगर नगरपालिका-११ नौडिहवास्थित सडकमा लु.१ क २२०४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कमलेश पालको ४ वर्षीय छोरा रितेश पालको घट्नास्थलमै बुधबार बिहान मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२० बसडील्वागोठस्थित सडकमा पनि ना.२ ह ४४२५ नम्बरको टेम्पुको ठक्करबाट सोही ठाउँ बस्ने संजित पासवानको ४ वर्षीय सुमन पासवानको बुधबार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१५ राउटे गल्छेनास्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ज ०००७ जिप बुधबार बिहान अनियन्त्रित भई बाटोबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चिङगार्ड गाउँपालिका-६ बस्ने ५० वर्षीय देब बहादुर खड्का लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य ४ जनालाई उपचारको लागि जिल्ला अस्पतालमा सुर्खेतमा पठाइएको छ ।   
यता सिरहाको गोलबजार नगरपालिका-४ धर्मकाँटास्थित सडकमा को.३३ प २०९८ नम्बरको मोटरसाइकल र बा.३१ प ५८८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई पुन ना.४ ख ४२६५ नम्बरको बसले पुन ठक्कर दिँदा को.३३ प २०९८ नम्बरको मोटरसाइकल चालकलाई लहान नगरपालिका-१९ बस्ने २६ वर्षीय मोहमद लुतफुर रहमानको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका को.३१ प ५८८३ नम्बरको मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका-१४ बस्ने २६ वर्षीय आरजु राईलाई उपचारको लागि भुमिजा अस्पताल गोलबजार पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप