बामदेवपनि छिट्टै राष्ट्रियसभा सदस्यमा मनोनित हुने नारायणकाजीको विश्वास
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यमा मनोनित हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरे ।
‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन । त्यसैगले अहिले केही भन्न सकिएन । उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने ।
युवराज खतिवडालाई अर्थमन्त्रीमा सिफारिस गर्न मिल्ने तर गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न नमिल्ने किन ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह गरे ।
उनले भने, ‘पार्टीको निर्णय पार्टीकै अध्यक्ष जसले बैठकमा बसेर निर्णय गर्नुभएको छ । उहाँले निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ । त्यसप्रति विश्वास छैन । अध्यक्षले औपचारिक रुपमा कुनै त्यस्तो टिप्पणी गर्नुभएको छैन । त्यसैले पार्टीको निर्णय कार्यान्वयन हुन्छ । यसमा अनावश्यक टिप्पणी गर्न जरुरी छैन ।’
राष्ट्रियसभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यहरुको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरुले आज सपथ लिएका छन् । तर राष्ट्रपतिबाट मनोनित हुने एक जना मनोनयन हुन बाँकी छ । नेकपाले उपाध्यक्ष बामदेव गौतमको नाम सिफरिस गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आएका छन् । मन्त्रिपरिषदले नाम सिफारिस गरेपछि राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता