सीपी मैनालीको दुर्घटना नियोजित रहेको मालेको ठहर

काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सीपी मैनालीको सडक दुर्घटना अस्वभाविक र नियोजित रहेको ठहर गरेको छ । स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा सम्पन्न बैठकले यस्तो ठहर गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा मालेले मैनालीको दुर्घटना एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनजारी आन्दोलनमा लागेका नेतालाई भौतिकरुपबाटै समाप्त पार्ने नियतले गराईएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको जनाइएको छ । मालेले दुर्घटनाको सीआईबीद्वारा जाँच गराउन सरकारसँग माग गर्ने र पार्टीको गठित कार्यदलद्वारा जनस्तरबाट छानबनि गराउने समेत जनाएको छ ।
बैठकले ३.एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनका लागि नेकपा (माले) सहित देशमा क्रियाशील दश राजनीतिक दलद्वारा बिभिन्न चरणका बिरोध कार्यक्रमहरू भइरहेको भन्दै नेकपा (माले)एम्.सी.सी.सम्झौता खारेज र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन तथा संघर्षको मैदानमा डटिरहने उल्लेख छ ।
त्यसक्रममा मालेले फागुन २२ गते पूर्व निर्धारित बिरोधको कार्यक्रम स्थगित भएको जनाएको छ । बैठकले प्रधानमन्त्री केपी ओली शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’