आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको संक्रमणबाट इराकमा पनि १ जनाको मृत्यु

बुधबार, २१ फागुन २०७६, १६ : ११
बुधबार, २१ फागुन २०७६

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इराकमा पनि १ जनाको मृत्यु भएको छ । इराकमा कोरोना संक्रमणका कारण बुधबार ७० वर्षीय मौलवीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । त्यस्तै ३१ जनामा सो रोगको संक्रमण देखिएको जनाइएको छ ।

इराकको उत्तरी कुर्दिस स्वायत्त क्षेत्रका स्वास्थ्य प्रवक्ताका अनुसार मृत्यु भएका व्यक्तिलाई त्यसअघि उत्तरपूर्वी शहर सुलेमानियामा क्वारेन्टाइनमा राखिएको थियो । चीनको वुहानबाट फैलिएको कोराना संक्रमण अहिले विश्वभर महामारीका रुपमा फैलिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप