आजैबाट ठुला सभा सम्मेलन नगर्ने काँग्रेसको निर्णय
बुधबार, २१ फागुन २०७६, १७ : ००

काठमाडौं । नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।
नेपाल नेवेल कोरोना भाइरसको उच्च जोखिमा रहेका कारण संक्रमण फैलन नदिन काँग्रेसले पार्टीका ठुला कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ ।
चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ६५ भन्दा बढी देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिम मुलुकमा परेको जनाएको छ । यो रोगबाट हालसम्म सबैभन्दा बढि चीनका मानिसहरुको मृत्यु भएको छ ।
त्यस्तै,काँग्रेसले कोरोनाबाट सतर्कताका लागि चलाउने अभियानमा सरकारलाई साथ दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु