बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको टेनेसीमा आएको आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

बुधबार, २१ फागुन २०७६, १४ : ०४
बुधबार, २१ फागुन २०७६

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन्  ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, ‘आँधीका कारण ‘यसपटक २४ व्यक्तिको  मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’ 

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप