बैतडीमा बस दुर्घटना, ५ यात्रु घाइते

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् ।
घाइतेको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शङ्करदत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भए पनि अन्यको अवस्थामा सामान्य रहेको छ ।
महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा आज बिहान ५ बजेतिर एक्कासि नालीमा पल्टिन गई दुर्घटनामा परेको हो । बस चालक दीपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरीसमक्ष बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?