शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिव परियारको ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

बुधबार, २१ फागुन २०७६, १३ : ४३
बुधबार, २१ फागुन २०७६

काठमाडौं– प्रसिद्ध गायक शिव परियारको निकै लोकप्रिय गीत ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो जसमा विभिन्न लोकप्रिय कलाकारहरुले लाईभ रेकर्डेड् प्रस्तुतिहरु पेश गर्छन् ।

‘क्या दामी भो’ परियारको निकै नै रुचाईएको गीत हो । परियारले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा यस गीतलाई नयाँ स्पर्शका साथ प्रस्तुत गरेका छन् । उक्त गीत २०११ म सार्वजनिक भए लगतै नेपाली संगीत बजारमा निकै सफलपुर्वक हिट भएको थियो । टुबोर्ग ओपन सेसन्स्मा यस गीतको संगीत निर्माता र एरेन्जरको रुपमा रोहित शाक्य रहेका छन् ।

शिव परियारले आफ्नो थुप्रै हिटहरु मार्फत थुप्रै संगीतिक अवार्डहरु हात पार्न सफल रहेका छन् । आफुलाई क्लासिकल, पप, गजल, लोक गायकको रुपमा स्थापित गरि विभिन्न नेपाली चलचित्रहरु पनि गायन गरेका परियारको सांगीतिक यात्रा धेरैको लागी प्रेरणा रहेको छ ।

े टुबोर्ग ओपन सेसन्स् २ डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुको बढवा गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप