शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तान्जानियाका राष्ट्रपतिले नेतासँग हात होइन खुट्टा मिलाए (भिडियोसहित)

बुधबार, २१ फागुन २०७६, १२ : २३
बुधबार, २१ फागुन २०७६

तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् ।

राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।

लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए । एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे ।

सरकारी कर्मचारीले एक अर्कालाई भेट्दा मिठो मुस्कानसहित गम्लङ्ग अँगालो हाल्ने चलन छ तर राष्ट्रपति मागुफुलीले भने यस्तो गरेनन् । विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

हामादसँग हात मिलाउनुको साटो राष्ट्रपतिले खुट्टा मिलाए र टाढै बाट दुबै हात हल्लाएर बिदा भए ।

सोमबार सेनेगललमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । पूरा अफ्रिकाभरी चार संक्रमित भेटिएका छन् । इजिप्ट, अल्जेरिया र नाइजेरियामा पनि कोरोना भाइरसका बिरामी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप