मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘गेट वेल सुन पीएम’ : टिचिङमा प्लेकार्ड बोकेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

बुधबार, २१ फागुन २०७६, १० : ०१
बुधबार, २१ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुदैछ । प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । यसैबीच प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका नेता कार्यकर्ता बुधबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनीहरुले प्रधानमन्त्रीको फोटोसहितका प्लेकार्ड बोकेर अस्पताल परिसर पुगेर स्वास्थ्य लाभको कामना गरेका हुन् । यसअघि उनीहरुले मङ्गलबार साँझ माइतीघरमा दीप प्रज्वलन गरेका थिए । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।'


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप