शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बुधबार, २१ फागुन २०७६, ०९ : ०८
बुधबार, २१ फागुन २०७६

बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने । पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारीमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप