मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मिथुनकाे उत्कृष्ट नतिजा, कर्कटकाे विदेश यात्रा, सिंहकाे मनग्गे धन आर्जन, कुम्भकाे मन प्रशन्न

बुधबार, २१ फागुन २०७६, ०६ : ३५
बुधबार, २१ फागुन २०७६

वि.सं.२०७६ साल फाल्गुन २१ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– नवमी,०५ घडी ५६ पला,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा,०० घडी ५६ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त आद्र्रा । योग– प्रिती,०२ घडी १७ पला,बिहान ०७ बजेर २२ मिनेट उप्रान्त आयुष्मान । करण– कौलव,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त तैतिल,बेलुकी ०८ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन । 

काठमाडौंमा सूर्योदय ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेट । दिनमान २९ घडी ०५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्नेछैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । मायाप्रेममा नजिक हुदा अविश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपार्ईँको पक्षमा नतिजा नआउँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।


सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउँन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरे अनुशार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
   
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ । 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी विच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पूरा हुनेछन्  ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्य सित टाडिनु पर्दा गाह्रो महशुष हुनेछ । पढाइ लेखाइ बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्वन्धी समस्या आउँने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।


यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप