शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको टेनेसीमा भीषण आँधी, ८ को मृत्यु

मङ्गलबार, २० फागुन २०७६, २३ : ५४
मङ्गलबार, २० फागुन २०७६

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको छ ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, ‘आँधीका कारण ‘यसपटक आठको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पु¥याएको बताएको छ । क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ । Photo:AP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप