प्रदेश २ को नामाकरणका लागि चैत १ मा मतदान हुने

जनकपुर । प्रदेश नम्बर २ मा प्रदेशको नामाकरण र स्थायी राजधानीबारे सर्वसम्मत निर्णय हुन नसक्दा मतदान प्रक्रिया नै सारिएको छ । प्रदेशको नामाकरणका लागि हुने भनिएको फागुन २३ गतेको मतदान होली पर्वको नाममा सारिएको छ ।
फागुन २२ मा प्रदेशसभाको वैठकका लागि बोलाइएपनि एक साताको लागि सार्ने निर्णय प्रदेशसभा सचिवालयले गरेको जनाएको छ । अब प्रदेशसभाको वैठक फागुन २२ गते नभएर आउँदो फागुन ३० गते बस्ने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा प्रदेशसभाको बैठक सारिएको बताए । मुख्यमन्त्री राउतको आन्तरिक व्यस्तताको कारण प्रदेशसभाको वैठक सारिएको र फागुन ३० गते हाउसको वैठक बस्ने उनले बताए ।
सभामुख यादवले ३० गते हाउसको वैठक बसेर मतदानका लागि कार्यविधि तय गर्ने र चैत १ गते प्रदेशको नामाकरण र स्थायी राजधानीबारे मतदान हुने जानकारी दिए । सभामुख यादवको नेतृत्वमा गठित उच्चस्तरीय समितिमार्फत प्रदेशको राजधानीको बारेमा सर्वसम्मतरुपमा निर्णय भैसकेको छ ।
सो निर्णयअनुसार जनकपुरधामलाई नै प्रदेशको स्थायी राजधानी बनाउने भनेर सर्वसम्मत निर्णय भएको थियो । तर प्रदेशको नामाकरणको सवालमा सत्तारुढ दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा र काँग्रेसको आ–आफ्नै अडान कायम छ । यद्यपि नेकपा र काँग्रेसले प्रदेशको नाम जेसुकै राखेपनि अघि वा पछि भने मधेश शब्द जोड्न सहमति दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर