बेल्जियममा एक नेपाली युवाद्वारा रेलको लिकमा हामफालेर आत्महत्या
मङ्गलबार, २० फागुन २०७६, २२ : ५७

बेल्जियम । बेल्जियममा एक नेपाली युवाले आत्महत्या गरेका छन् । पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसीले बेल्जियमको आस्कोस्थित रेल लिकमा हाम फालेर आत्महत्या गरेका हुन् ।
उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ । अन्तराजातीय विवाह गरेका कारण उनी परिवारबाट बहिस्करणमा परेका थिए। यद्यपि उनको बाबुआमा, श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् ।
यद्यपि पछिल्लो समय उनी श्रीमती र छोरीसँग समेत छुटेर अलग्गै बस्दै आएका थिए।
केही पछिल्लो समय आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेका थिए। उनी आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै
-
माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा चिकित्सक, तस्बिरहरु
-
२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट