शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियममा एक नेपाली युवाद्वारा रेलको लिकमा हामफालेर आत्महत्या

मङ्गलबार, २० फागुन २०७६, २२ : ५७
मङ्गलबार, २० फागुन २०७६

बेल्जियम । बेल्जियममा एक नेपाली युवाले आत्महत्या गरेका छन् । पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसीले बेल्जियमको आस्कोस्थित रेल लिकमा हाम फालेर आत्महत्या गरेका हुन् । 

उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ । अन्तराजातीय विवाह गरेका कारण उनी परिवारबाट बहिस्करणमा परेका थिए। यद्यपि उनको बाबुआमा, श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् । 

यद्यपि पछिल्लो समय उनी श्रीमती र छोरीसँग समेत छुटेर अलग्गै बस्दै आएका थिए। 

केही पछिल्लो समय आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेका थिए।  उनी आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप