पूर्वडीआईजी शाहलगायत ४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाह लगायत ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले मंगलबार शाहसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जिव विशंखेमाथि आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरिएको हो ।
शाह, पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अरोपपत्र दायर गरिएको अख्तियारको दाबी छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत हुँदा आर्थिक वर्ष २०७२/०७३ मा शाह कार्यालय प्रमुखको रुपमा कार्यरत थिए भने पनेरु लेखापाल प्रहरी नायब निरीक्षक तथा ऐरी लेखा सहायक पदमा कार्यरत थिए ।
उनीहरुले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलव र भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु ३१,८८,४६८ र २०७२ माघ १८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको रु १,४९,६१६ गरी जम्मा ३३,३८,०८४ तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरेको पुष्टि भएको अख्तियारको दाबी छ । सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएको प्रमाणित भएकोले उनीहरुमाथि ३३,३८,०८४ असुल उपरका लागि मागदाबी समेत गरिएको छ ।
पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर (कालिमाटी) निवासी हुन् । उनको घर कैलाली र काठमाडौंको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसका गुलसनले पाँच विकेट लिएपछि १२९ रनमै समेटियो मधेश, मयानको अर्धशतक
-
राप्रपामा ‘कार्ड पोलिटिक्स’, लिङ्देनसँग मिल्न कमल थापाको जोडबल
-
कलाकार घनश्याम गौतम अस्पताल भर्ना
-
अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
-
‘न्याय निरूपण भई सभापति रवि लामिछाने फर्केर आउनुहुन्छ भन्ने विश्वास छ’ (भिडियोसहित)
-
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन