शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोर्डको २०२० संस्करणको इकोस्पोर्ट नेपाली बजारमा, प्रदुषण मापदण्ड बीएस–भीआईमा आधारित

मङ्गलबार, २० फागुन २०७६, १९ : ०१
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं– फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जी.ओ. अटोमोबाईल्सले २०२० संस्करण फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ । 

भरत स्टेज भीआई(बीएस भीआई) मा आधारित २०२० संस्करणको इकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको कम्पनीले बताएको छ । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । 

२०२० इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस भीआईमा आधारित १ं५ लि. टीडीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के  प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई–भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिशनमा उपलब्ध छ ।

२०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १,००,००० कि.मी. को वारेन्टीका साथ आउने यी गाडीहरु स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ । यस संस्करणमा पनि इकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ ।  साथै यो सन रुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२० इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । 

अन्य विशेषताहरु
–चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।

–यसको माथिल्लो मोडेलमामनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टचस्क्रीन युक्त एसवाइएनसी ३ सिस्टम, एप्पल कार प्ले तथा एण्ड्रोइड अटो छ । 

–बाँकी मोडेलमा ९ ईन्च टच स्क्रीन रहेको छ ।

–सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डि.आर.एल, रेन सेन्सिङ्ग वाइपर आदि पाउन सकिन्छ । कम्पनीले २०२० संस्करणको विभिन्न मोडेलको पुरानै मूल्य निरन्तरता दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप