श्रममन्त्रीले भने–श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भइसकेको छैन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भइनसकेको बताएका छन् ।
विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति तत्कालका लागि बन्द गरेको समाचार सरकारी समाचार संस्था राससबाट सार्वजनिक थियो । त्यसपछि फेरि अर्को समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय भइनसकेको बताएका हुन् ।
‘स्वीकृति रोकिएको छैन । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन् बाटैबाट फर्किन नपरोस्, ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहको छ ।
चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन’, उनले भने, ‘२, ३ वटा विकल्पमा यसलाई रिसेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण