बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सुन्दरमणि दीक्षितको आक्रोश : यो कस्तो लापरबाही ?

मङ्गलबार, २० फागुन २०७६, १८ : २१
मङ्गलबार, २० फागुन २०७६

मैले बारम्बार भनिरहेको छु, तत्काल चीनको एयर क्राफ्ट बन्द गरौं । यहाँबाट चीन प्लेन गइरहेका छन् उताबाट नेपाल आइरहेका छन् । चिनियाँहरु टुरिष्ट बनेर नेपाल आइरहेका छन् । हाम्रो सरकारलाई केही मतलब छैन । भ्रमण वर्ष २०२० सफल पार्ने नाममा सरकार केबल पैसाको पछि मात्र लाग्यो । जसरी घोडाको आँखामा लगाम लागाइन्छ त्यसरी नै सरकार अघि बढिरहेको छ । सरकारले यो देखेन कि, कोरोना भाइरसको महामारी आइहाल्यो भने के गर्ने ? 

त्यसबेला (चीनमा कोरोना भाइरस देखिएकै बेला) हामीले भनेका थियौं भ्रमण वर्ष रोक्नु पर्छ । यसलाई कसैले पनि नजर अन्दाज गरेन । अहिले कोरोना विश्वव्यापी बनेको छ । जापान, कोरिया, इटली मात्र होइन कोरोना अहिले दक्षिण अमेरिकामासमेत फैलिसकेको अवस्था छ । 

दक्षिण कोरियाको एक चर्च जहाँ एक लाख ५० हजार सदस्यहरु छन् जसमा ९ हजारमा यो भाइरस फैलियो र संक्रमण देखियो । अहिले दक्षिण कोरियाबाट नेपाल आउनेहरु हजारौं छन् । त्यति मात्र होइन संक्रमणको प्रमुख देश चीनबाट मात्र यो अवधिमा २७ सय चिनियाँ नागरिक नेपाल आएका छन् । त्यस्तै कोरियाबाट २ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । यहाँ नेपालीहरु आउनु त स्वाभाविक हो, उनीहरु आउनु पर्छ तर यहाँ समस्या के हो भने, संक्रमित मुलुकहरुबाट समेत खुलेआम रुपमा पर्यटकहरु नेपाल भित्रिरहेका छन् ।

हाम्रो सर्वोच्च अदालतले निर्णय गरिसकेको अवस्थामा त्यसलाई पनि अटेर गरेर नेपाल वायुसेवा निगममा एउटा टोली संक्रमित देश जापान उड्यो । अदालतले गरिसकेको निर्णयमा किन अटेर गरियो भन्दा, जानकारी आएको थिएन भनियो । जाने सबै प्रक्रिया फिक्स भैसकेको थियो त्यसैले जानुप¥यो भनियो । यो कस्तो लापरबाही ? के यहाँ माहामारी निम्त्याउन खोजेका छौं ? यस्तो अवस्थामा पनि पैसा कमाउन परेको छ ? जबकी अदालतले संक्रमित मुलुकमा अन्तर्राष्ट्रि उडान बन्द गरिसकेको अवस्था छ । अब के भन्ने, यहाँ कानुनी राज्य समेत भएन । सरकारले चाहिँ जे गरेपनि पाउँछ ? यो कस्तो अवस्था हो ? यहाँ त ‘टुरिष्ट आउ टुरिष्ट आउ मलाई खाउ’भनेजस्तो भइसकेको छ । 

कोरोना भाइरसलाई हेर्दा यसले तीन चोटी आक्रमण गरिसकेको छ । पहिलो पटक यो कारोना भाइसर सन् २००२ मा आयो । दोस्रो २०१३ र अहिले तेस्रो पटक २०२० मा आएको छ । पहिलो पटक आउदा यो हावाहुरी बनेर आयो । विश्वमा यसको मृत्युदर करिब ३५ प्रतिशत रह्यो । त्यसपछि आयो बेलियसबाट । जुन उँटबाट आयो । त्यसलाई मर्ज भनियो । यसबाट मर्नेहरुको संख्या ४० प्रतिशत पुग्यो । यो धेरैमा सर्न सकेन । कारण के थियो भने, जसको कडा मृत्युदर हुन्छ स्वाभाविक रुपमा त्यसको फैलने दर कम हुन्छ । अहिले जुन कोरोना आएको छ यसको मृत्युदर कम छ । करिब २ प्रतिशत पनि छैन । यसको फैलने दर उच्च रहन्छ । 

अहिले जति पनि संक्रमित नेपाल आएका छन् यसले जोखिम उच्च बनाएको छ । संक्रमित देशहरु चाइनाबाट आएका छन्, जापानबाट आएका छन् कोरियाबाट आएका छन् । यसले उच्च जोखिम देखाएको छ । त्यसै पनि काठमाडौंका घरहरु जोडिएका छन् । लतिपुर हेर्यो त्यही छ । भक्तपुर हेर्यो त्यही छ । सबै यसरी बसेका छौ कि एउटामा फैलियो भने सारा फैलिन्छ । अहिले यही समस्या छ । संक्रमण देखिएका र उपचार गरेर फर्किएकाहरुमा पनि फेरि यसको संक्रमण देखिदै छ । निको भएर गएकाहरुमा पनि फेरि देखिन थालेको छ । यति खतरानक छ यो रोग । तर यहाँ यसो भनिराखिएको छ ‘डराउनु पर्दैन’ । देखिएको त २–३ प्रतिशत मात्र हो । तर यो भयंकर रुपमा फैलिन सक्छ । 
(मंगलबार राजधानीको रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षितले राखेको धारणा)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप