शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सञ्चार मन्त्रालयमा युवराज खतिवडाको १० दिन : के–के गरे काम ?

मङ्गलबार, २० फागुन २०७६, १८ : ०६
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । नयाँ मन्त्री पाएको १० दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ । तात्कालीन मन्त्री गोकुल बाँस्कोटाको अडियो टेप प्रकरणसँगै राजीनामा दिएपछि सञ्चार मन्त्रालय हेर्ने जिम्मेवारी पाएका खतिवडाले फागुन ११ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

 खतिवडाले आज राष्ट्रपतिसमक्ष दिएको राजीनामा स्वीकृत भएसँगै यो जिम्मेवारीमा राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेकी हुन् । 

१० दिनको यो अवधिमा खतिवडाले उल्लेखनीय निर्णय भने केही गरेनन् । मन्त्रालयको कार्यभार सम्हालेको दिन कर्मचारीहरुलाई सामान्य निर्देशन दिनुबाहेक यो अवधिमा खतिवडाले सरकारका प्रवक्ताको हैसियतमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरे । 

त्यस्तै यसबीचमा एकपटक मन्त्रालय अन्तर्गतका सबै निकायका प्रमुखहरुलाई बोलाएर काम कारबाहीबारे ब्रिफिङ लिएका थिए । सञ्चारमन्त्रीकै हैसियतमा उनले आजमात्रै नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सवमा सहभागी समेत भए । त्यसबाहेक सञ्चार सम्बद्ध कुनैपनि कार्यक्रम र निर्णयहरुमा खतिवडाको संलग्नता रहेन । 

मन्त्रालयकी कानून महाशाखाकी सहसचिव राधिका अर्यालले योबीचमा अरु उल्लेखनीय केही काम नभएको बताइन् । ‘यो अवधिमा मन्त्रीज्यूले नियमित कामहरु मात्रै गर्नुभयो । ठूला र दीर्घकालिन महत्वका कुनै काम र निर्णयहरु भएका छैनन्’ सहसचिव अर्यालले भनिन् ।

खतिवडालाई भोलि फेरि मन्त्री पदमा नियुक्त गर्नसक्ने सम्भावना छ । त्यसो भयो भने उनले फेरि सो मन्त्रालयको जिम्मेवारी पाउनसक्ने सम्भावना भने अझै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप