बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नीरफूल’ ट्रेलर : छोरी र श्रीमती खोज्न दयाहाङको संघर्ष

मङ्गलबार, २० फागुन २०७६, १७ : २१
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । संचारकर्मी फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार दरबारमार्ग स्थित क्युज चलचित्र भवनमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । 

फिल्मको सार्वजनिक ट्रेलर हेर्दा भुकम्पपछि एक परिवारले भोगेको कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा फिल्मका कलाकार दयाहाङ, शान्ति वाइवा, बुद्धी तामाङ लगायतको दृश्य समेटिएको छ ।
चैत ७ बाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । 

फिल्मको पटथा सचिन घिमिरे र निर्देशक वल ले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । 

कार्यक्रममा फिल्मका निर्देशक फुलमान वलले भुकम्प पछिको मानिसमा परेको प्रभाव र समस्या फिल्ममा उतारेको बताए । ‘नेपाली फिल्मलाई सधै समाजको बिषय समेट्न नसकेको आरोप लाग्ने गरेको छ’ निर्देशक वलले भने ‘मेरो फिल्ममा समाजको कथा छ ।’ ‘नरफूल’सबैले हेर्नुपर्ने फिल्म बनेको उनले सुनाए ।

अभिनेता दयाहाङ राइले कार्यक्रममा फिल्म सुठिङ समयका दुःख शेयर गर्दै फिल्मको बिषयमा आफ्नो धारण राखेका थिए । उनले फिल्मको कथा र निर्माण दर्शकले खोजेजस्तै भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप