शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईंको घरपालुवा जनावरलाई कोरोनाभाइरस लाग्न सक्छ ?

मङ्गलबार, २० फागुन २०७६, १६ : ३९
मङ्गलबार, २० फागुन २०७६

हङकङ । कोरोनभाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा घरमा कुकुर–बिरालोजस्ता जनवार पालेर बसेकाहरुलाई थप चिन्ता थपिएको छ । आफ्नो घरमा रहेका घरपालुवा जनावरलाई कोरोनाभाइरस त लाग्दैन ? उनीहरुबाट कोरोनाभाइरस आफूलाई त सर्दैन ?

विज्ञहरु भन्छन्, ‘लगभग’ निश्चितरुपमा लाग्दैन ।

त्यसो भए गत हप्ता हङकङमा एउटा कुकुरलाई कोरोभाइरसको परीक्षण गर्दा किन ‘पोजेटिभ’ देखाइयो ?

गत शुक्रबार हङकङको एग्रिकल्चर, फिसरिज एण्ड कन्जरभेसन डिपार्टमेन्ट (एएफसीडी) ले कुकुरको नाक र मुखबाट संकलन गरिएको स्याम्पल परीक्षण गर्दा नोभेल कोरोनाभाइरस ‘विक (कमजोर) पोजेटिभ’ देखिएको थियो । विश्वभर कुकुरमा कोरोनाभाइरस पोजेटिभ देखिएको यसलाई पहिलो घटना मानिदै थियो ।

कोरोनाभाइरसको कुनै लक्षण नदेखिए पनि कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणमा नेगेटिभ नदेखिएसम्म उसलाई क्वारेन्टाइनमा नै राखिनेछ । विभागले कोरोनाभाइरस संक्रमित भएका व्यक्तिको घरपालुवा जनावरलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्न ‘कडा’ सुझाव दिएको थियो ।

यसका बावजुद एएफसीडी र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट कुकुर या बिरालो संक्रमित भएको कुनै प्रमाण नभेटिएको बताएको छ ।

कुकुरमा कोरोनाभाइरसको परीक्षण गर्दा पोजेटिभ देखिनै बित्तिकै ऊ संक्रमित भएको भन्ने हुँदैन ।

त्यसो भए किन कुकुरमा किन पोजेटिभ देखियो ?

हामीलाई अहिलेसम्म कोरोनाभाइरस कुनै सतह र वस्तुमा बाँच्न सक्छ भन्ने थाहा छ । तर, अनुसन्धानकर्तालाई यो कति समय बाँच्न सक्छ भन्ने यकिन छैन ।

चीनमा यही कुरा ठूलो तनावको विषय बनेको छ । जसले गर्दा त्यहाँको केन्द्रीय बैङ्कले त्यहाँको चलनचल्तीमा रहेको नोटलाई डिस्इन्फेक्ट गर्ने देखि नष्ट गर्नेसम्मको कदम चालेको छ ।

यसरी नै कुकुर या बिरालोलाई संक्रमित नगरी उनीहरुको सतहमा पनि कोरोनाभाइरस बस्न सक्छ । अहिले एएफसीडीले उक्त कुकुर कोरोनाभाइरस संक्रमित नै बनेको हो या भाइरसबाट दूषित भएको भन्ने यकिन गर्दैछ ।

‘हालसम्मको प्रमाणले कोरोनाभाइरस फैलाउन ढोकाको ह्यान्डलभन्दा कुकुरबिरालो कम जोखिमपूर्ण देखिएको छ,’ लाइफलङ एनिमल प्रोटेक्सन च्यारिटीकी संस्थापक शिला म्याक्लेलेन्डले हङकङका अधिकारीहरुलाई पत्र लेख्दै जानकारी गराएकी छिन् । विश्वमा हालसम्म कुकुर र बिरालोलाई संक्रमण फैलिरहेको कारोनाभाइरस लागेको पुष्टि भएको छैन ।

के घरपालुवा जनावरले तपाईंलाई कोरोनाभाइरस सार्न सक्छ ?

सन् २००३ मा सार्स रोग फैलिँदा पनि घरपालुवा जनावरबारे यस्तै चिन्ता व्यक्त भएको थियो । त्यतिबेला हङकङमा २ सय ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । विज्ञहरु सार्स र कोभिड–१९ दुवैको उत्पत्ति चमेरोबाट भएको विश्वास गर्छन् ।

कुकुर र बिरालो कोरोनाभाइरसबाट दूषित हुन सक्ने भए पनि सबै कोरोनाभाइरस एउटै नहुने हङकङको मुख्य भेटनरी सर्जन जेन ग्रे बताउँछिन् । यसपटकको संक्रमण फरक भएको उनको भनाइ छ ।


सन् २००३ मा कोरोनाभाइरसकै एक प्रकार रहेको सार्सको संक्रमण फैलिदा पनि वैज्ञानिकहरुले कुकुर बिरालोबाट यो फैलन सक्ने सम्भावना न्यून रहेको बताएका थिए ।

ग्रेका अनुसार सार्सका दौरान थोरै बिरालोमा भाइरस देखिए पनि त्यो मानिसमा सरेको पाइएको थिएन ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म कोरोनाभाइरस मानिसबाट मानिसमा मात्र सरेको पाइएको छ । मानिस नजिक हुँदा वा खोक्दा वा हाँच्छ्यिु गर्दा यो सरेको पाइएको छ ।

के घरपालुवा जनवारलाई पनि क्वारेन्टाइनमा राख्ने त ?

ग्रेका अनुसार वैज्ञानिकको दृष्टिकोणबाट यो आवश्यक छ किनभने हामीलाई अझै कम जानकारी रहेको यो भाइरसले जनावरमा कस्तो असर गर्छ भन्ने जान्न आवश्यक छ ।

‘सुन्नमा यो डरलाग्दो लाग्न सक्छ । तर, यो पूर्णरुपमा पूर्वसावधानीको उपायका लागि मात्र हो । यसबाट घरमा कुकुर बिरालो पाल्नेहरु आत्तिहाल्नु पर्ने स्थिति छैन,’ उनले भनिन् ।

अत्तालिनुभन्दा पनि कुकुरा बिरालो पाल्ने मालिकले सामान्य व्यक्तिगत स्वच्छतामा ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

विश्व स्वास्थ्य संगठनले पनि आफ्नो घरपालुवा जनावरलाई छोए पछि राम्रोसँग साबुन पानीले हात धुन सुझाव दिएको छ । अझ बाहिर घुमाएर ल्याएपछि कुकुर–बिरालोको पञ्जालाई एन्टिसेप्टिक वाइपले पुछ्दा पनि हुन्छ । तर, यो कुरा बढी पनि गर्नुहुँदैन किनभने धेरै पुछ्दा कुकुरको पञ्जा सुख्खा हुन जान्छ ।

भेटेनरी विज्ञ र पशुअधिकारकर्मीहरु अहिले जनावरबाट कोरोनाभाइरस फैलिने चिन्ताभन्दा पनि डर फैलिने चिन्ता बढी रहेको बताउँछन् ।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप