बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओखलढुंगाको एक विद्यालयमा जातीय पोशाक अनिवार्य

मङ्गलबार, २० फागुन २०७६, १५ : ४२
मङ्गलबार, २० फागुन २०७६

ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान संरक्षणका लागि शेर्पा जातिको पोशाकलाई अनिवार्य गरेको हो ।

स्थानीय पहिचारनलाई संरक्षण र सम्वर्द्धन गर्न विद्यालयले हप्ताको दुईदिन अनिवार्य रुपमा शेर्पा जातीको पहिचान झल्कने पोशाकलाई अनिवार्य गरेको छ । विद्यालय व्यवस्थापन समितीको निर्णयअनुसार प्रत्येक हप्ताको दुई दिन मङ्‌गलबार र बुधबार शेर्पा जातिको पहिचानयुक्त पोशाक अनिवार्य गरेको गरिएको हो । 

यस दिन विद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा शेर्पा समुदायको जातीय पोशाक लगाउनुपर्नेछ।  आधुनिक समाजका कारण बालबालिकाले जातीय भेषभूषालाई विर्सन थालेको भन्दै विद्यालय तहमा जातीय पोशाकलाई अनिवार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए। 

उनले ब्यक्तिगत लगानीबाट यसबर्ष करिब ३ लाख ५० हजारको लागतमा पोशाक खरिद गरी वितरण गरिएको बताए ।  

कक्षा एकदेखि ८ सम्म पढाई हुने उक्त बिद्यालयमा करिब १ सय जना विद्यार्थी अध्ययनरत छन् । यी मध्ये अधिकाशं बिद्यार्थीहरु शेर्पा समुदायका छन् । विद्यालयमा हाल नौ जना शिक्षकहरु कार्यररत रहेका छन् ।

विद्यालयका विद्यार्थीहरुलाई जातीय पोशाक अनिवार्य गराउनका लागि शिक्षकले समेत अनिवार्य रुपमा पोशाक लगाउनुपर्नेछ । विद्यालयले यी बाहेकका अन्य दिनहरुमा आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोशाक, र बिहीबार र शुक्रबार खेलकुद पोसाक  अनिवार्य गरेको छ। यसरी जातीय पोशाकलाई विद्यालय स्तरमा प्रयोगमा ल्याउने जनता आधारभूत बिद्यालय जिल्लाकै पहिलो बिद्यालय हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप