शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय नाघ्यो (अपडेट)

मङ्गलबार, २० फागुन २०७६, १५ : ३९
मङ्गलबार, २० फागुन २०७६

एजेन्सी । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । 
    
यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।  यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप