
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र सहचालक नविन राई रहेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीलाई नगद रू ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ