अर्थमन्त्री खतिवडाको आज राजीनमा, भोलि पुनःनियुक्ति !

काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।
आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।
सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रधानमन्त्री केपी ओलीको चाहानाविपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन