अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न्: मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग आज भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए । ‘यस्तो अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न, एसियामा कहीँ कतै यस्ता मार्ग नबन्दा हाम्रा पूर्वजहरुले बनाउन सक्नु आफैंमा गर्वको कुरा हो’, पौडेलले भने ।
प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरिएको थियो । उनले सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँवर्षदेखि पुनर्निर्माण शुरु गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा