अस्ट्रेलियाको सिड्नीमा होली म्युजिकल कन्सर्ट हुने

सिड्नी । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम उक्त कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टारको उत्कृष्ट पाँचमा पर्न सफल लोकगायक रविराज शाह, पप गायिका प्रश्ना शाक्य र भोजपुरी गायक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका अध्यक्ष प्रविण चौरासियाले जानकारी दिए । कन्सर्टको लागि उनीहरु ४ मार्चमा आउने निश्चित भएको उनले जानकारी दिए ।
अध्यक्ष चौरासियाका अनुसार अस्ट्रेलियामा होली विशेष म्युजिकल कन्सर्टहरु सन् २००८ देखि आयोजना गर्न थालिएको हो । तर हल बुक गरेर नेपालबाट कलाकार ल्याएर होली मेला आयोजना गर्न थालिएको यो पहिलोपटक हो । उनका अनुसार गतवर्ष संकलन भएको आर्थिक रकम नेपालका केही स्कुलमा खर्च गरिएको थियो ।
यसवर्ष पनि संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र अग्नि पीडितलाई उपलब्ध गराउने योजना रहेको अध्यक्ष चौरसियाले बताए । प्रायोजक र टिकट बिक्रिबाट उठेको आर्थिक संकलन काउन्सिल मार्फत आगलागी पीडितलाई उपलब्ध गराइने उनले बताए ।
अध्यक्ष चौरासियाले भने, ‘अहिलेसम्म टिकट ३०० भन्दा बढी गएको छ र त्यो दिन गायक रामकृष्ण ढकालको कार्यक्रम पनि रहेकोले सहभागीहरु बाँडिने सम्भावना पनि छ तर हामीले आशा गरेअनुसार नै दर्शक आउनेमा आफू विश्वस्त रहेको चौरसियाले जानकारी दिए ।
ठुलै संख्यामा नेपालीहरु सहभागी हुने अपेक्षा गरिएको सो कार्यक्रममा सभ्य भएर सबैले सबैलाई रंग लगाउने, होली गीतहरुमा रमाउने र होलीमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने उनले बताए । नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष छठ, होली, इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष चौरसियाले बताए । कार्यक्रमको लागि टिकट दर १५ अस्ट्रेलियन डलर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय