अस्ट्रेलियाको सिड्नीमा होली म्युजिकल कन्सर्ट हुने

person explore access_timeफागुन २०, २०७६ chat_bubble_outline0

सिड्नी । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको  छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम  उक्त कार्यक्रम हुन लागेको हो ।


उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टारको उत्कृष्ट पाँचमा  पर्न सफल लोकगायक रविराज शाह, पप गायिका प्रश्ना शाक्य र भोजपुरी गायक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका अध्यक्ष प्रविण चौरासियाले जानकारी दिए । कन्सर्टको लागि  उनीहरु ४ मार्चमा आउने निश्चित भएको उनले जानकारी दिए ।



अध्यक्ष चौरासियाका अनुसार अस्ट्रेलियामा होली विशेष म्युजिकल कन्सर्टहरु सन् २००८ देखि आयोजना गर्न थालिएको हो । तर हल बुक गरेर नेपालबाट कलाकार ल्याएर होली मेला आयोजना गर्न थालिएको यो  पहिलोपटक हो । उनका अनुसार गतवर्ष संकलन भएको आर्थिक रकम नेपालका केही स्कुलमा खर्च गरिएको थियो ।



यसवर्ष पनि संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र अग्नि पीडितलाई  उपलब्ध गराउने योजना  रहेको अध्यक्ष चौरसियाले बताए । प्रायोजक र टिकट बिक्रिबाट उठेको आर्थिक संकलन काउन्सिल मार्फत  आगलागी पीडितलाई उपलब्ध गराइने उनले बताए ।

अध्यक्ष चौरासियाले भने, ‘अहिलेसम्म टिकट ३०० भन्दा बढी गएको छ र त्यो दिन गायक रामकृष्ण ढकालको कार्यक्रम पनि  रहेकोले सहभागीहरु बाँडिने सम्भावना पनि छ तर हामीले आशा गरेअनुसार नै दर्शक आउनेमा आफू विश्वस्त रहेको चौरसियाले जानकारी दिए । 

ठुलै संख्यामा नेपालीहरु सहभागी हुने अपेक्षा गरिएको सो कार्यक्रममा सभ्य भएर सबैले सबैलाई रंग लगाउने, होली गीतहरुमा रमाउने र होलीमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने उनले बताए । नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष छठ, होली, इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष चौरसियाले बताए । कार्यक्रमको लागि टिकट दर १५ अस्ट्रेलियन डलर राखिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।