जोडीले रेष्टुरेन्टबाट मगाए पोर्क करी, खानामा भेटियो मानिसको दाँत
एउटा चिनियाँ रेष्टुरेन्टबाट होम डेलिभरी गरिएको खानामा मानिसको दाँत भेटिएको छ । यद्यपि, अनुसन्धानपछि रेष्टुरेन्टमा कुनै पनि प्रकारको कारवाही नगर्ने निर्णय गरिएको छ । रेष्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जसका कारण उक्त दाँत यहाँका कर्मचारीको नभएको स्पष्ट हुने बताएका छन् ।
स्थानीय अधिकारीले रेष्टुरेन्टको अनुसन्धान पनि गरेको छ जसमा रेष्टुरेन्टमा सरसफाइको कुनै पनि नियम नतोडिएको बताइएको छ । यसै आधारमा कुनै प्रकारको कारवाही नगर्ने निर्णय गरिएको हो । रेष्टुरेन्टको रेटिङ पनि घटाइएको छैन ।
यद्यपि, रेष्टुरेन्टले घटनापछि जोडी स्टिफनी म्याकडोनघ र डेविड बरोजलाई निःशुल्का खाना र पैसा फिर्ता गर्न प्रस्ताव गरेको छ । जोडीले निःशुल्क खानाको प्रस्ताव अस्विकार गरेको छ । यस्तै, रेष्टुरेन्टका म्यानेजरले अधिकारीले सबै कर्मचारीको दाँत परीक्षण गरेको र कसैको पनि दाँत गायब नभएको बताए । उनीहरुले खानामा दाँत कसरी पुग्यो त्यसबारे आफू अनभिज्ञ भएको म्यानेजरले बताएका छन् । अनुसन्धानपछि अधिकारीले रेष्टुरेन्टमा सरसफाईको विषयमा कुनै प्रकारको लापरवाही नगरिएकोमा आफू सन्तुष्ट भएको उनले बताए । यो रेष्टुरेन्टको रेटिङ ४/५ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक शृङ्खला खेल्न भारत जाने नेपाली क्रिकेट टोलीको बिदाइ
-
राप्रपा अनिर्णीत हुँदा गण्डकीमा ठुलो दलको हैसियतमा कांग्रेसकै सरकार बन्ने सम्भावना
-
सेयर बजारमा ४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?