मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न मिल्ने

मङ्गलबार, २० फागुन २०७६, ११ : २४
मङ्गलबार, २० फागुन २०७६

काठमाडौ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई  https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो दोस्रो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।

प्रधानमन्त्री ओली गत मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि वेभसाइटबाट स्वास्थ्य लाभको शुभकामना दिने व्यवस्था गरिएकोे थियो । प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हँुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप