३३ वर्षमा यति परिवर्तन भए रामायणका सीता राम, कमेडी शोमा पाहुना
आउँदो शनिबार द कपिल शर्मा शोमा विशेष पाहुनाको उपस्थिती हुनेछ । यी पाहुनासँग पुरानो याद ताजा गर्ने पूरा तयारी भएको छ । यो हप्ता हास्यकलाकार कपिल शर्माको शोमा रामानन्द सागरको सिरियल रामायणका स्टार्स अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरी आउँदैछन् ।
रामानन्द सागरको सिरियल रामायण जनवरी सन् १९८७ देखि जुलाई १९८८ सम्म चलेको थियो र अत्यधिक हिट भएको थियो । पछि थुप्रै प्रोडक्सन हाउसले रामायणमा सिरियल बनाए तर रामानन्द सागरको रामायणजस्तो चर्चित कुनै हुन सकेनन् ।
कपिलको कार्यक्रममा अरुण गोविल, दीपिका चिखलिआ, सुनील लहरी र प्रेम सागर आउँदैछन् । उनीहरुले फेब्रुअरी २६ फेब्रुअरीमा द कपिल शर्मा शोका लागि सुटिङ गरे । अर्चना पुरन सिंहले रामायणको स्टार कास्टसँग सोनी टिभीको फेसबुक पेजबाट लाइभ भिडियो पनि गरिन् ।
यतिबेला सबै कलाकारले रामायणबारे कुराकानी गरे र पौराणिक कहानीयुक्त शोमा काम गरेपछि उनीहरुको जीवन कसरी परिवर्तन भयो भनेर पनि कुरा गरे । उनका अनुसार पर्दामा भगवानको भूमिका निभाएपछि पूर्व प्रधानमन्त्री राजीव गान्धीले दिल्ली बोलाएर सम्मानित गरेपछि मात्रै अरुण गोविल र दीपिका चिखलिआले आफूहरु चर्चित भएको थाहा पाए ।
यतिमात्रै होइन, रामायणका यी कलाकारले आफूलाई वाराणसीमा राम, लक्ष्मण र सीताका अभिनय हेर्नका लागि लाखौं भीड जम्मा भएको समय पनि स्मरण गरे ।
स्मरण रहोस्, अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरीले रामायणका कारण देशभरी पहिचान पाएका थिए । यसबाहेक कार्यक्रममा दारा सिंह पनि थिए । उनले हनुमानको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?