कोरोनाभाइरसको प्रभाव : नेकपा प्रदेशस्तरीय भेला र प्रशिक्षण स्थगित

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।
पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।
‘अहिले यस्तो अवस्थामा भेला तथा बैठक गर्न उपयुक्त नहुने देखेर पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको हो । उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम राखिनेछ’, अध्यक्ष घिमिरेले रातोपाटीलाई जानकारी दिए । नेकपाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा आयोजना गरेको थियो । त्यसका लागि अगुवा कार्यकर्ता झापा पुगिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)