शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानका ‘फलोअर्स’ ३ करोड

मङ्गलबार, २० फागुन २०७६, १० : २०
मङ्गलबार, २० फागुन २०७६

एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड (३० मिलियन) फलोअर्स पुगेका छन् ।

उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् ।

सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड ! सबैलाई धन्यवाद ! ’

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Ouii ma 30 million! Thank u all!

A post shared by Salman Khan (@beingsalmankhan) on

सलमान खानको यो डाइलग उनको फिल्म ‘अन्दाज अपना अपना’ को हो । उनले अमिर खान, करिश्मा कपूर र रवीना टन्डनसँग यो फिल्ममा मुख्य भूमिका निभाएका छन् ।

उनले शेयर गरेको भिडियोमा एक प्रशंसकले लेखेका छन्, ‘लभ यु सलमान’, अर्का प्रशंसकले लेखेका छन्, ‘ओहो स्वाग’ र अर्का एक जनाले लेखेका छन्, ‘म तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ सर ।’

सुपरस्टार खान यतिबेला ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त छन् ।  यो फिल्मको शुटिङ यही मार्च १० मा सकिने स्रोतले बताएको छ । यसमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा हरेका छन् । फिल्म मे २२ मा रिलीज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप