बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको विज्ञ सम्मेलन आगामी जुन तेस्रो साता क्यानडामा हुने

मङ्गलबार, २० फागुन २०७६, ०७ : ४६
मङ्गलबार, २० फागुन २०७६

टोरोन्टो ।  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को क्षेत्रीय भेला र क्षेत्रीय विज्ञ सम्मेलन  आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा हुने भएको छ । 

एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरि विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।

एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोले यसलाई सफल बनाउन सबै नेपाली समुदायलाई सहयोग र सहभागीताका लागि आव्हान पनि गरेको छ । पत्रकार सम्मेलनपछि एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले एक विज्ञप्ति निकालेर सम्मेलनको तयारिका विषयमा जानकारि दिएका हुन् ।

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक क्षेत्रीय सम्मेलन मूल आयोजक समितिको संयोजक रहने छन् भने सम्मेलनको आयोजक राष्ट्र क्यानडा र सहआयोजक राष्ट्र अमेरिका रहने छन् । संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी अध्यक्षतामा बसेको एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे सम्मिलित बैठकले क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको थियो ।

बैठकमा एनआरएन क्यानाडा कार्यसमिती सदस्य, समितिका सल्लाहकार,आईसीसी सदस्यह लगायतको उपस्थिती थियो । एनआरएनए क्यानडाले हालै गठन गरेका विभिन्न क्षेत्रका हेल्प डेस्कले गरेका काम र योजना पत्रकार सम्मेलनमा जानकारि गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप