जलविद्युत् आयोजनामा चिनियाँ निर्माण कम्पनी र ठेकेदारको ‘फोर्स मेजर’को सूचना

कोरोना भाइरसका कारण चीनबाट कामदार र सामग्रीहरू आउन नसकेपछि नेपालको जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी र ठेकेदारहरूले आफू संलग्न आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिन थालेका छन् ।
महाविपत्ति, प्राकृतिक प्रकोपजस्ता नियन्त्रण बाहिरको परिस्थितिमा तोकिएको समयमा काम हुन नसकेमा ‘फोर्स मेजर’को सूचना दिएर काम रोक्ने गरिन्छ । अहिले नेपालमा रहेका अधिकांश चिनियाँ ठेकदार तथा कम्पनीहरूले सम्बन्धित आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिइसकेका छन् ।
रसुवागढी जलविद्युत् आयोजनालाई चिनियाँ कम्पनी सीडब्ल्यूईले फोर्स मेजरको पत्र दिइसकेको छ । उक्त कम्पनीले यस आयोजनामा सिभिल र हाइड्रो मेकानिकल काम गर्दै आएको छ । यस्तै, इलेक्ट्रोमेकानिकलको काम गर्दै भारतीय कम्पनी भोइथ इन्डियाले पनि फोर्स मेजरको पत्र दिइसकेको आयोजनाका प्रमुख छविराज गैरेले आर्थिक अभियानलाई बताए ।
यसबाट आगामी असारमसान्तसम्म सम्पन्न गर्ने भनिएको रसुवागढी आयोजनाको निर्माण अवधि लम्बिने भएको छ । आयोजना स्थलमा गत असारमा पहिरो जाँदा ६ महीनासम्म काम हुन सकेको थिएन । गत पुसदेखि मात्र काम सुचारू भएको थियो । तर, लगत्तै कोरोना भाइरसका कारण चीनबाट कामदार आउन नसकेपछि आयोजनाको निर्माण अवधि लम्बिने भएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६६ जना नेपाली कैदीलाई यूएईले दियो आममाफी
-
तीनकुने घटनाः थप २० जना पक्राउ
-
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
-
म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
-
नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन