केन्द्रीय संस्करण

जसले नेपाल छोडेर पनि नेपाली भाषा जोगाइ राखे

person explore access_timeफागुन १९, २०७६ chat_bubble_outline0

पोखरा । कुनै कुनै नेपाली शब्द उच्चारण गर्न गाह्रो लाग्छ । धेरै शब्द त अंग्रेजी पनि नेपालीकरण भई सके । पाठ्यक्रम मै नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तोमा नेपाली भाषामाथि अंग्रेजी हाबी हुँदै जानु स्वभाविक लाग्छ । 
आजकाल हरेक नेपालीको साझा समस्याको रुपमा देखिदै आएको छ यो । अंग्रेजी भाषालाई हामीले यसरी अंगालिरहेका छौं कि, केही समयपछि नेपाली भाषाको खाँटी अर्थ भेउ पाउँन पनि गाह्रो पर्ने अवस्था आउनेछ । 
तर, नेपालदेखि टाढा आप्रवासी भएर नेपाली भाषा खरर बोलेको सुन्दा अचम्म लाग्न सक्छ । डेढ सय वर्षअघि नेपालदेखि बर्मा पुगेर बसोबास गर्दै आएका नेपाली मुलका बर्मेलिहरु नेपाली बोल्दै आएका छन् । 
सोमबार, पोखरामा नेपाली मुलका ७ बर्मेली कवि, साहित्यकार, संस्कृतिकर्मी तथा नागरिक अभियन्ता उपस्थित थिए । पुस्तक पढ्ने र पढौं भन्नेहरुको संस्था ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले भेटको चाँजोपाँजो मिलाएको थियो ।

आफ्ना अनुभव साट्न स्टेज उक्लिएका बर्मेली मुलका नेपाली साहित्यकार तथा नागरिक अभियन्ताहरुले नेपाली माटोको माया  पोखे । उनीहरुको सहजकर्ताको रुपमा स्टेजमा उभिएका थिए पूर्व पत्रकार तथा लेखक अश्विनी कोइराला ।

सहजकर्ता कोइरालाले पहिलो प्रश्न कवि भागवत बस्नेतलाई तेस्याए, नेपाली मुलको बर्मेली नागरिक कसरी हुनुभयो ? के छ यसको इतिहास ? कवि बस्नेतले आजभन्दा डेढ सय वर्ष पहिले आफ्ना पुर्खाहरु राणा शासननको थिचोमिचोमा परेर पुर्खाहरु आप्रवासी हुनु परेको बताए । 
रोजगारीको अवसर खोज्दै आप्रवासिएका नेपालीहरु कोही  विश्वयुद्धतिर हानिएँ । तिर्थस्थल गएका कोही उतै रोकिए, व्यापार, पशुपालनको लागि उर्बर भुमि खोज्दै गएकाहरु कालान्तरमा बर्मेली नागरिक हुन पुगे । उनले अघि सुनाए, बर्माका प्रत्येक गाउँ–ठाउँका कुना÷कुनामा हाम्रा पुर्खाहरु पुगेका छन् ।

नेपाल भन्दा ४ गुना ठूलो क्षेत्रफल रहेको बर्मामा ३०÷३५ वर्ष अघिसम्म पनि जाने आउने चलन थियो । राजा महेन्द्रको पालामा देश फर्काउन आह्वानले कति नेपाली देश फर्के । नफर्केकाहरुले पनि नेपालीपनको माया मारेका छैनन् । नेपालको माया मारेका छैनन् । भाषा मारेका छैनन् ।
अर्का कवि, भीम पाण्डेले राजनीतिक अप्ठ्यारा भएको बेला बर्मेली भाषा बाहेक अरु बोल्न रोक लगाए पनि नेपाली भाषा मर्न नदिएको सुनाए ।

जनसंख्याको कुल १० प्रतिशत भागमा नेपाली मुलका बर्मेलीहरु बस्दै आएका छन् । नेपाली भाषा बचाउँन मन्दीरमा नेपाली भाषा पढाइएको उनले सुनाए । कसैले बर्मेली भाषा मिसाई हाले १० रुपैयाँ फाइन पनि तिर्नुपथ्र्यो । 
भाषा नबचे जाति नै नाश हुन्छ । उनले अघि सुनाए, पुर्खाले यसरी नियम बनाउँदै अहिलेसम्म नेपाली भाषा शुद्ध बोल्न सक्ने भएका छौं । 

बर्मामा सँस्कृत पाठाशाला पनि छन् । डेढ÷दुई सयको हाराहारीमा सँस्कृत पढ्ने विद्यार्थीहरु रहेको उनले सुनाए ।  कानुन बनाउँने तहमा पनि नेपाली मुलका बर्मेलीहरु पुगेको उनले बताए ।

‘अहिले त बर्मेलीलाई पनि नेपाली पढाउन थालिएको छ,’ उनले भने । 
अर्की कवि, सरगम धितालले बर्मिस जातिको माँझमा बसेर नेपाली सिकेको अनुभव साटिन् । नेपाली शब्द सुन्ने बित्तिकै उनको मन भित्र बसेको रहेछ । 

नेपाली भाषा सिक्दाको अनुभव साट्दै उनले भनिन्, ‘बर्मिस भाषा मिसिए मात्र पनि बुबाले पिट्नु हुन्थ्यो । नेपाली फिल्मका सिडी, चक्का पाउँन गाह्रो थियो । तर, पाएको नेपाली फिल्म १० पटकसम्म देखाउँनुहुन्थ्यो ।’ नेपाली सिकाउँदा बुबाले धेरै पिट्ने गरेको उनले स्मरण गरिन् ।

‘अहिले त्यो पिटाई धेरै मीठो भएको छ,’ उनले सुनाइन् । कवि, सिमा सावा (लिम्बु) अरुकै देशमा रहेर पनि आफ्नो भाषाको माया नमारेको सुनाइन् ।  

नेपाली बटाउँदै आएका नेपाली मुलका बर्मेली राजन ढकालले शाखा–शाखामा गएर पढाउँदै आएको बताए । अहिले बर्मामा २ सय विद्यार्थीलाई ८ शिक्षकले पढाउँदै आएका छन् । 

बर्मामा सबैले राष्ट्रिय भाषालाई प्राथमिकता दिनु परे पनि नेपाली भाषा नबिर्सेको मधु घर्ती क्षेत्रीले सुनाइन् । ५ वर्ष अघिदेखि छोरीहरु प्नि विश्व विद्यालय जान थालेको छन् । 
५० वर्षअघि स्कुल जानै नपाएका आमाहरुले छोरीलाई पनि अधिकार दिनुपर्छ भनेर लागि परेको रिता लामा काकीले बताइन् । हस्ताक्षर गर्न पनि नसकेर औंठा छाप लगाउँने आमाहरूले गर्दा आफूहरु शिक्षित हुन पाएको उनले अनुभव साटिन् ।
‘बर्मेली मुलका नेपाली जस्लाई सोधे पनि एकपटक नेपाल जाने मन छ भन्ने गर्छन्,’ उनले भनिन् ‘साहित्य, भाषा नङ मासु झंै गाँसिएको छ । यो पित्री भुमि हो तिर्थस्थल हो ।’ 
जातिय भेद्भाव नगर्ने नेपाली मुलका बर्मेलीहरु बिहे भने नेपाली मुलकैसँग गर्छन् । बर्मेली मुलकै गरि हाले पनि नेपाली परम्परामा ढाल्ने गरेको उनीहरु सुनाउँछन् ।  ९९ प्रतिशत नेपाली मुलका बर्मेलीले आफ्नो जातिसँग बिहे गर्ने गरेको उनीहरुले सुनाए । 
वसन्त बिदाइको छेकोमा २ महिना नेपाली भाषा पढ्दै आएका नेपाली मुलका बर्मेलीले नेपाललाई तिर्थस्थलको रुपमा लिने गरेको बताए । एकपटक जसरी पनि नेपाल आउँन आफूहरु इच्छुक रहेको उनीहरुको भनाइ छ । 
नेपालप्रति माया भरिएको कविता, कजल र मुक्तक पनि उनीहरुले सुनाएका थिए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...