म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला
सोमबार, १९ फागुन २०७६, १९ : ३३
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।
आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उनले भने, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”
उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए ।
नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी