बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत रोक्न सर्वोच्चको आदेश

सोमबार, १९ फागुन २०७६, १७ : ११
सोमबार, १९ फागुन २०७६

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परे अन्य देशबाट नेपालमा हुने (अन्तरार्ष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चको आदेशमा कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि भनेको छ ।

कानुन व्यवसायी पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । रिटको सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू’ आदेशमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप